Tuesday, October 6

व्यक्ति कि प्रणाली ?-पुरुषोत्तम शर्मा

  • लोकतान्त्रिक शासन व्यवस्थामा राज्यका प्रत्येक कृयाकलापहरु निश्चित ‘प्रणाली’ बाट सञ्चालित हुन्छन् भन्ने मान्यता राखिन्छ । निर्धारित लक्ष्य हासिल गर्न ‘व्यक्ति’ होइन ‘प्रणाली’लाई मुख्य तत्वका रुपमा स्वीकारिएको हुन्छ ।‘व्यक्ति’ शक्तिशाली र ‘प्रणाली’ कमजोर हुनु भनेको राज्य कमजोर भएको संकेत हो ।
  • ‘प्रणाली’कार्यविधिहरुको त्यस्तो समुच्च स्वरुप हो, जसले संगठनलाई समानरुपले स्थापित विधि र प्रकृया अनुसार निरन्तर उद्देश्य प्राप्तिमा कृयाशील राख्छ । संगठनका कृयाकलापहरुलाई स्वचालित बनाउँछ ।
  • असल प्रणाली स्थापना र सुदृढीकरण कुशल नेतृत्वबाट मात्र सम्भव हुन्छ । निरन्तरको असल अभ्यास र कार्यसंकृतिले ‘प्रणाली’हरु मजबुत हुँदै जान्छन् । धेरै नेतृत्वहरुको योगदानले मात्र एयटा असल ‘प्रणाली’युक्त सवल संगठन निर्माण हुन्छ ।
  • नेपालमा सवैले ‘प्रणाली’हुनुपर्दछ भन्ने तर व्यबहारमा ‘प्रणाली’ मा बस्न नचाहने र ‘व्यक्ति’ हावी हुने प्रवृत्ति छ । राजनीति र कर्मचारीतन्त्र दुवैमा ‘प्रणालि’प्रतिको विश्वास कमजोर छ । सवल प्रणालीको अभाबमा योग्यता, क्षमता र विशेषज्ञताको उपयोग हुन सकेको छैन । नेतृत्वमा ‘प्रणाली’ भन्दा ‘व्यक्ति’मा विश्वास गर्ने परिपाटी छ ।
  • नेतृत्व वर्ग ‘प्रणाली’ विकासमा भन्दा क्षणिक लाभ र स्वार्थमा रमाउने संकृतिको विकास भएको छ ।
  • नेपालका अधिकांश संगठनहरु प्रणालीमा चलेका छैनन् भन्ने आम नागरिकको बुझाइ छ । नेपालमा पद्दतिमा चलेका वा भनौं असल प्रणाली स्थापना भएका थोरै संस्थाहरुको नाम लिनुपर्दा लोक सेवा आयोगको नाम अग्रणी स्थानमा आउँछ । यो विश्वसनीय कार्यप्रणालीको छवि कसैको एकल प्रयासमा वा एक निश्चित समय सीमामा सम्भब भएको होइन । एक निश्चित प्रणालीमा चलेका संस्थामा ‘व्यक्ति’ फेरिँदैमा संस्थाको प्रभाकारिता, कार्यकुशलता र कार्यसम्पादनमा खासै फरक पर्दैन भन्ने गतिलो उदाहरण हो यो।
  • असल व्यक्ति र असल प्रणाली विना सुशासन र विकास सम्भव छैन । नेपालमा हरेक संगठन र नेतृत्व ‘व्यक्ति’केन्द्रित सोचबाट बाहिर आउन र असल ‘प्रणाली’ स्थापनाका लागि कृयाशील हुन जरुरी छ । यसैबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना साकार पार्न सकिन्छ ।
  • https://www.onlinekhabar.com/2020/08/892982

No comments:

Post a Comment