Tuesday, January 5

खै नागरिक बडापत्र ? -नमस्कार शाह

  • पहिलो पटक १९९१ जुलाई २२ मा बेलायती प्रधानमन्त्री जोन मेजरले देशबासीलाई पु-याउने सेवाको गुणस्तर बढाउन, सेवाग्राहीको आवश्यकता र इच्छाअनुसार सेवा प्रवाह गर्न नागरिक बडापत्रको सुरुआत गरेका हुन् ।
  • नागरिक बडापत्रको आधारभूत उद्देश्य सार्वजनिक सेवा प्रवाहका लागि नागरिकलाई सशक्त बनाउनु हो । नागरिक बडापत्रलाई असल शासनकै एक अभियानका रूपमा पनि लिइन्छ ।
  • प्रारम्भमा ६ वटा सिद्घान्तले नागरिक बडापत्रको सुरुवात गरेको पाइन्छ, पहिलो सेवाको गुणस्तर, दोस्रो विकल्प प्रस्तुत, तेस्रो गुणस्तर कायम हुन नसके के चाहेको थियो र के काम गरियो; चौथो मूल्यको पहिचान, पाँचौँ उत्तरदायित्व, छैटौँ पारदर्शिताका रूपमा ।
  • यिनै सिद्धान्तबाट प्रेरित हुँदै धेरै देशहरूले नागरिक बडापत्र राख्न सुरु गरेको पाइन्छ । बेल्जियम, फ्रान्स, स्पेनले सन् १९९२ मा, मलेसिया, पोर्चुगलले सन् १९९३ मा, जमैकाले १९९४ मा, क्यानडाले सन् १९९५ मा, भारतले सन् १९९७ मा नागरिक बडापत्र लागू गरेका थिए । नेपालमा ‘सरकारी सेवा प्रभावकारी बनाउने निर्देशिका, २०५६’ लागू गरी नागरिक बडापत्र सुरु गरेको पाइन्छ ।
  • सार्वजनिक सुनुवाइ कार्यक्रमसम्बन्धी कार्यविधि, २०६२, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५, सूचनाको हक सम्बन्धी ऐन, २०६४, सूचनाको हक सम्बन्धी नियमावली, २०६५, सेवा अभियान सञ्चालन निर्देशिका, २०६५ लगायतका नीति, निर्देशिकाहरूले नागरिक बडापत्रलाई नेपालमा अनिवार्य गरिदिएका हुन् ।
  • सेवा अभियान सञ्चालन निर्देशिका, २०६५ ले नागरिक बडापत्रको परिभाषा स्पष्ट पार्दै ‘सेवाका किसिम, सेवा प्राप्त गर्दा लाग्ने शुल्क तथा दस्तुर, सेवा प्रदान गर्ने जिम्मेवार व्यक्ति, सेवाको गुणस्तर, सेवा प्रदान गर्दा लाग्ने समयावधि, सेवा प्रवाहको सर्त र कार्यविधि, सेवा उपलब्ध हुन नसकेको अवस्थामा उपचारका विधि खुलाई सेवाग्राहीको जानकारीका लागि सेवा प्रदायक निकायमा टाँगिएको सार्वजनिक सूचनालाई नागरिक बडापत्र जनाउँछ” भनेको छ ।
  • केवल औपचारिकतामा सिमित भएको नागरिक बडापत्रको प्रभावकारी उपयोगका लागि सरकारबाट नागरिक बडापत्र कार्यान्वयन निर्देशिका जारी गर्न जरुरी छ । सेवा दिने र सेवाग्राही जनताबीच समय–समयमा नागरिक बडापत्र सम्बन्धमा अन्तक्रिया हुनुपर्छ ।
  • बढी जनसरोकार हुने कार्यालयमा बोल्ने, श्रव्य नागरिक बडापत्र राख्नुपर्छ । प्रविधिको विकाससँगै अटोमेटिक बोलिरहने वा जुन सेवा थिचियो सोका सम्बन्धमा आवश्यक जानकारी दिने मेसिनको व्यवस्था गर्नुपर्छ ।
  • नागरिक बडापत्र हरेक सरकारी कार्यालयको सुशासनको पहिलो आधार स्तम्भ हो, सेवाग्राहीहरूको सूचनाको हकको प्रत्याभूति हो । यसको प्रभावकारी उपयोगका लागि असल बडापत्र तयार पारी उपयुक्त स्थानमा राख्नुका साथै यसबारे कार्यालयमा आउने सेवाग्राहीहरूलाई जानकारी दिन पनि त्यत्तिकै आवश्यक छ । अन्यथा, यो हात्तीको देखाउने दाँतसिवाय अरू केही हुनेछैन ।
  • https://ekagaj.com/article/thought-interview/526

No comments:

Post a Comment