Saturday, October 10

निजामती सेवा, दिवस र पुरस्कार-तीर्थराज आचार्य

  • निजामती प्रशासनलाई देशभित्र जनताका हित र कल्याणकारी कार्य गर्ने संस्थागत सेवा भनिन्छ। 
  • सरकारको नीति कार्यक्रम कार्यान्वयन गर्ने र लोककल्याणकारी कार्यमा सरकारलाई सहयोग गर्नु निजामती सेवाको प्रमुख दायित्व हो।
  • सरकारका तीन अंगमध्ये कार्यपालिकाअन्तर्गत निजामती सेवाको महत्वपूर्ण स्थान रहँदै आएको छ। निजामती सेवाको सुरुआत चीनबाट भएको पाइन्छ।
  • प्राचीन चीनले ईशापूर्व २०६–२२० को समयमा सरकारी कामकाजका लागि प्रतियोगितात्मक परीक्षाको माध्यमबाट कर्मचारी नियुक्त गरेको पाइन्छ।
  • बेलायतले सन् १८५५ मा यस प्रथामा परिवर्तन ल्याई सहायक तहका कर्मचारी भर्ना गर्न परीक्षा प्रणालीको सुरुआत गर्‍यो। त्यसपछि सन् १८७० देखि निजामती सेवाका सम्पूर्ण कर्मचारीको नियुक्तिका लागि परीक्षा प्रणाली अवलम्बन गरेको पाइन्छ।
  • नेपालमा निजामती प्रशासनको सुधारको पहिलो प्रयास २००९ सालमा एनएम बुच आयोगको प्रतिवेदनका आधारमा भएको मान्न सकिन्छ। २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा गठित आयोगले सर्वप्रथम २०१३ भदौ २२ गते निजामती सेवा ऐन २०१३ र निजामती सेवा नियमावली २०१३ जारी गर्‍यो। यो ऐन तथा नियमावली नेपालको निजामती प्रशासनको इतिहासमा पहिलो पाइला थियो।
  • पञ्चायती व्यवस्थाको प्रारम्भपछि ऐनमा संशोधन गरियो र २०२१ चैत ९ गते निजामती सेवा नियमावली २०२१ जारी भयो। पञ्चायती व्यवस्थाको अन्त्यपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा २०५० जेठ ४ गते निजामती सेवा ऐन २०४९ र २०५० असार २८ गते निजामती सेवा नियमावली २०५० जारी भयो।
  • नेपालको निजामती सेवाको इतिहासमा सर्वप्रथम तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन २०१३ घोषणा गरेको दिनको सम्झनास्वरूप २०६१ सालदेखि प्रत्येक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउन थालिएको हो। 
  • प्रत्येक वर्ष नयाँनयाँ नाराका साथ मनाइँदै आएको यो दिवसले १७ वर्ष पूरा गरिसकेको छ।
  • हाल सरकारसँग संघमा करिब ५० हजार, प्रदेशमा करिब २२ हजार र स्थानीय तहमा करिब ६७ हजार कर्मचारी रहेको तथ्यांकले देखाउँछ। प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा सरकारले सर्वोत्कृष्ट १, उत्कृष्ट १० र निजामती सेवा पुरस्कार ३० जना गरी ४१ जनालाई क्रमशः २ लाख, १ लाख र ५० हजार प्रतिव्यक्तिका दरले पुरस्कार दिने व्यवस्था रहेको छ।
  • निजामती सेवा पुरस्कार सीमित कोटा र नगदमा दिइने भएकाले पनि आफन्तले पाऊन् भन्ने निर्णयकर्तामा लोभीपापी मन भएको पाइन्छ।
  • यस्तो पुरस्कार नगदमा नभई सबै तह र तप्काका कर्मचारीलाई समानरूपको निजामती सेवा पदक र प्रशंसापत्र दिइनुपर्छ। यसो गर्दा कर्मचारीको मनोबल उच्च भई कार्य सम्पादनमा सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ।
  • http://annapurnapost.com/news/167471

No comments:

Post a Comment