Saturday, October 10

सामाजिक परिवेश र दण्डहीनता-श्यामप्रसाद मैनाली

  • न्याय प्रशासनमा न्यायिक क्याडरबाट आउने र न्यायका अभ्यासकर्तामध्ये विश्वकै न्याय प्रशासनको अवस्था अध्ययन गर्दा अभ्यासकर्ताबाट न्याय सुलभ हुने देखिएकाले न्याय सेवाको नेतृत्व तहमा उच्च चरित्र भएका, राजनीतिक प्रभावबाट पृथक् पहिचान बनाउन सकेकालाई जिम्मेवारी प्रदान गर्ने चलन छ।
  • न्यायपालिकालाई अनुत्पादक संस्थाका रूपमा धारणा बनाउने प्रवृत्ति कार्यपालिकामा देखिँदा न्याय क्षेत्र कमजोर भई दण्डहीनताको अवस्था देखिन्छ।
  • सर्वसाधारण जनताले भ्रष्टाचारी र अपराधीप्रति निरुत्साहित गरिने व्यवहारलाई सरकार र समाजले प्रोत्साहित गर्ने संस्कारको विकास हुँदा कानुनी शासन स्थापना गर्न सहज हुन्छ।
  • धेरैजसो समाजमा विशेषगरी हिन्दु संस्कारयुक्त समाजमा उपहारलाई संस्कार र सभ्यताका रूपमा लिइँदै गर्दा कानुनी शासन नकारात्मक रूपमा प्राभावित बनिराखेको छ।
  • प्रायः विकासोन्मुख समाजमा सामाजिक सम्बन्धका आधारमा नियुक्ति गर्ने वा जिम्मेवारी प्रदान गर्ने विषय प्रभावित भइराखेका छन्, यस प्रवृत्तिबाट समग्र समाज नकारात्मक रूपमा प्रभावित बन्छ। यस स्थितिमा शासनमा रहनेहरूका लागि भ्रष्टाचारजन्य अपराध स्वीकार गर्ने शैली र संस्कारको विकास हुन्छ। 
  • यातनाविरुद्धको कानुन खासै प्रभावकारी हुन सकेको छैन र पीडकबाट यातनामा परेका पीडितलाई क्षतिपूर्ति गर्ने व्यवस्थासमेत राम्ररी गर्न सकेको छैन।
  • http://annapurnapost.com/news/167750

No comments:

Post a Comment