- लोकतन्त्रमा राज्यले बहुलवाद, आवधिक निर्वाचन प्रणाली, व्यक्तिगत स्वतन्त्रता, कानुनी राज्य र मानवअधिकारजस्ता मूल्यहरूको प्रत्याभूति गर्नुपर्छ ।
- नेपालमा लोकतन्त्र भनेको दल खोल्न पाउने र आवधिक निर्वाचन गर्ने भन्ने मात्र बुझिएको छ । निर्वाचनलाई सबै किसिमका रोग निको पार्ने अचुक औषधिको रूपमा लिइएको छ ।
- अहिले १२ जोडी श्रीमान्–श्रीमती संघ र प्रदेशमा सांसद छन् । तीमध्ये एउटा जोडीका श्रीमान् प्रत्यक्षबाट निर्वाचन जित्न नसकेकाबाहेक सबै श्रीमान्हरू प्रत्यक्ष निर्वाचनबाट र श्रीमतीहरू समानुपातिक कोटाबाट आएका हुन् ।
- लोकतन्त्र भनेको असल आचरण हो, नैतिकता हो । तर, नेपाली लोकतान्त्रिक राजनीति फोहोरी र भ्रष्ट छ । राजनीतिलाई धनवाद र डनवादको प्रभावले खाइसकेको छ ।
- राजनीतिमा अलिकता पनि नैतिकता भएन भने जनताले नेतालाई जतिसुकै गाली, विरोध गरे पनि उनीहरूलाई नछुने रहेछ ।
- राजनीतिमा अलिकता पनि नैतिकता भएन भने जनताले नेतालाई जतिसुकै गाली, विरोध गरे पनि उनीहरूलाई नछुने रहेछ ।
- https://www.nayapatrikadaily.com/news-details/54264/2020-11-05
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Tuesday, November 10
लोकतन्त्र हो कि लुटतन्त्र ?-डा. राजकुमार राई
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment