- कानुनले गर्न नभनेको काम गर्नु अपराध हो। व्यक्तिको हकाधिकारका विरुद्धमा कानुनविपरीतको काम गर्नु देवानी अपराध हो भने राज्य तथा समाजविरुद्धको अपराध गर्नु फौजदारी अपराध हो। सामान्यतया अंश लेनदेन करार जग्गा सम्पत्ति सम्बन्धित विवादहरू देवानी प्रकृतिका अपराध हुन्। यसमा जसलाई मर्का परेको छ, उसैले न्यायका लागि अग्रसर हुनुपर्छ भने हत्या, बलात्कार, चोरी, डाका, अपहरणलगायतका अपराध सरकार र समाजविरुद्धको अपराध भएकाले यिनलाई फौजदारी प्रकृतिको अपराध मानिन्छ।
- अपराध हुनुले मात्र सजायकोे सवाल उत्पन्न हुँदैन। अपराधमा अभियुक्तको संलग्नता र उसका कार्यका गम्भीरताका आधारमा सजाय गर्ने वा नगर्ने गर्ने भनी कति गर्ने सवाल उत्पन्न हुन्छ। सजाय गरिसकेपछि पनि अपराधीलाई कैदमा राख्ने वा आर्थिक भार दिई कैदमुक्त गर्ने वा सजाय निलम्बन गर्ने वा सजाय माफी गर्ने वा अपराधीलाई समाजीकरण गर्ने वा खुला कारागारमा राख्ने सवाल उत्पन्न हुन्छ।
- अहिलेको हाम्रो फौजदारी न्याय प्रणालीले उपरोक्त सबै विकल्प खुला राखेको छ, जुन मानव अधिकारमैत्री, विधिको शासनको पिल्लर तथा अन्तर्राष्ट्रिय अभ्यासमुताबिक छ। फौजदारी तथा देवानी अपराधका अनुसन्धान र मुद्दा दायरीकैै भिन्नता रहेकोमा देवानी अपराधमा मर्का पर्ने व्यक्ति हदम्यादभित्र उजुर गरेन भने विलम्बको सिद्धान्त लगाई उसलाई न्याय पाउँदैन। यसर्थ देवानी अपराधमा आफ्नो अधिकारप्रति आफैं सजग रहनैपर्छ। सुतेर बस्नेलाई कानुनले सहयोग गर्दैन तर फौजदारी अपराधमा राज्यको दायित्व हुन्छ।
- http://annapurnapost.com/news/169566
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Tuesday, November 10
कानुनी शासनको अपेक्षा-वीरेन्द्रप्रसाद यादव
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment