- २००७ साल देखि २०६२/०६३ सम्म आइपुग्दा नेपालको सम्बन्ध विश्वका राजसंस्था भएका देशहरू र प्रजातान्त्रिक मूल्य र मान्यता अँगालेका देशहरूसँग केही नजिक भएको देखिन्छ।
- देशको समग्र विकासका लागि सर्वमान्य मुख्य तीन कुराहरू हुन् : पहिलो, सुरक्षा दोस्रो स्थायित्व र तेस्रो आर्थिक समुन्नति।
- द्वितीय विश्व युद्धपछि प्रजातन्त्रको मुख्य आधार आवधिक चुनाव, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित कयौैँ देशहरूको समग्र विकास भएको पाइन्छ।
- समग्र विकासका लागि नभई नहुने मूल विषय नै राजनैतिक स्थायित्व हो । राजनैतिक स्थायित्वविना देशमा कसैले पनि सुरक्षाको अनुभूति गर्न सक्दैन र आर्थिक समुन्नतितर्फ पनि देश अगाडि बढ्न सक्दैन।
- नेपालको राजनैतिक विकासमा बालिग मताधिकारको प्रयोग गरी बहुदलीय व्यवस्था लागू गर्न २००७ साल देखि २०१५ सालसम्म कुर्नप-यो ।
- नेपालको राजनीतिक उतारचढावमा २००७ सालदेखि २०६२/०६३ सम्म र २०६२/०६३ देखि आजको दिनसम्मको दुवै पाटोलाई हेर्दा राष्ट्रियता र हामी आपसको एकतामा ठूलो ह्रास भएको देखिन्छ ।
- आजको दिनमा विभिन्न तहका नेतृत्वहरूका भाषण र सोच आर्थिक विकासतर्फ मात्रै बढी केन्द्रित भएको देखिन्छ । सामाजिक विकासतर्फ त्यति ध्यान दिइएको देखिँदैन ।
- २०१८ जुलाई ६ को हिन्दुस्थान टाइम्समा भारतका नाम चलेका स्तम्भकार ब्रह्मा चेलानीको एक लेख प्रकाशित भएको छ । त्यसमा उनले भारतले मनमोहनसिंह प्रधानमन्त्री हुँदा गरेको नेपालप्रतिको तीन महाभूल भनी निम्न बुँदाहरू उल्लेख गरेका छन् : १) संवैधानिक राजतन्त्रलाई हटाउन लागिमेली गर्नु, २) भूमिगत माओवादीलाई नेपाली राजनीतिको केन्द्रविन्दुमा राख्ने कुरामा सहयोग गर्नु ३) तराईका वासिन्दालाई भड्काएर संविधानविरुद्ध लगाउनु र पछि बेवारिसे अवस्थामा छाडिदिनु।
- देशको समग्र विकासका लागि आर्थिक पक्षका साथै सामाजिक पक्षलाई पनि प्राथमिकता दिइनुपर्छ। हाम्रो जस्तो देशमा त यसले झनै बढी महत्व राख्छ । नेपालको सबल सामाजिक पक्ष भन्नु नै अनेकतामा एकता नै हो।
- https://nagariknews.nagariknetwork.com/news/57496/
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Monday, September 17
विकासकाे गति-टिका धमला
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment