चुनौतीसँग जुध्न बहुराष्ट्रवादको खाँचो -केमल डेर्भिज
- दोस्रो विश्वयुद्धपश्चात् बहुराष्ट्रवादले उल्लेख्य प्रगति गरे पनि विश्व अर्थतन्त्रको संरचनामा आएको परिवर्तनका कारण पुनर्संरचनाको आवश्यकता देखिएको छ । सन् १९९० को दशकअघि अमेरिका, क्यानडा, युरोपेली युनियन र जापानले विश्व अर्थतन्त्रमा पकड बनाएका थिए । विश्व व्यापार सम्झौता तथा विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा पनि उनीहरूकै प्रभाव थियो ।
- सन् १९९० पछि विश्वमा उदीयमान अर्थतन्त्रको उदय भयो । यस्तोमा सबैभन्दा ठूलो उदीयमान अर्थतन्त्रका रूपमा चीन अगाडि आयो । विश्व व्यापार संगठनका सदस्यका रूपमा अन्य विकासशील राष्ट्र पनि जोडिएपछि पुनर्संरचनाको थप आवाज उठे ।
- विश्व व्यापार व्यवस्था सुधारका लागि १४ वर्षको प्रयासपछि भएको दोहा वार्ताको असफलतासँगै थप समस्या देखिन थाले । सन् २०१० पछि विश्व व्यापार संगठनको संरचनाबाहिर रहेर क्षेत्रीय व्यापार सम्झौता हुन थाले ।
- ‘जिनेटिक इन्जिनियरिङ’, आर्टिफिसियल इन्टिलिजेन्स, रोबोट सैन्यबलजस्ता नयाँ प्रयोगलाई पनि नियमन तथा निश्चित व्यवस्थामा बाँध्नुपर्ने आवश्यकता बढेको छ ।
- विश्व व्यापार व्यवस्थाका सन्दर्भमा विद्यमान अन्तर्राष्ट्रिय निकाय र नियममा रहेर सम्बन्धित सम्पूर्ण कार्य उपयुक्त रूपमा सञ्चालन भइरहेका छन् भन्न सक्ने अवस्था छैन ।
No comments:
Post a Comment