Saturday, October 20

सार्वजनिक प्रशासनको गिर्दो साख -अच्युत कुइँकेल

  • शासकीय मान्यता स्थापित गर्दै मुलुकमा कानुन प्रणालीको सबलीकरण र राज्य सञ्चालनमा अन्य निकायको सहकार्यमा सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ ।
  • जनउत्तरदायित्व बहन गर्न सक्षम सार्वजनिक प्रशासनको परिचालनबाट राज्यले अख्तियार गर्ने नीतिको परीक्षण मात्र नभई त्यसको प्रभावकारिता अभिवृद्धि गर्न चालिनुपर्ने कदमबारे समेत वास्तविकता पत्ता लगाउन मद्दत गर्छ । मुलुकले अख्तियार गर्ने नीतिको प्रभावकारिता त्यस बखतसम्म देखिँदैन, जबसम्म सो नीतिमा आधारित रहेर रणनीतिक क्रियाकलाप सञ्चाालन गरिँदैन ।
  • रणनीतिक क्रियाकलाप सञ्चालन गर्ने अस्त्र -सार्वजनिक प्रशासन
  • सार्वजनिक प्रशासनको ओहदामा पुग्ने व्यक्ति निश्चित योग्यता र क्षमताका आधारमा आउँछन्, उनीहरूसँग दृष्टिकोण पनि हुन्छ तर कार्यान्वयनमा भने फितला हुन्छन् भन्ने आलोचनालाई खण्डित गर्नसमेत कर्मचारी स्वयं सचेत हुनु जरुरी छ । ‘कामको कदर र असहयोगको अनादर’ गर्ने संस्कृति विकास गर्नु जरुरी छ ।
  • स्वार्थ बाझिने विषयमा सहभागी हुन नहुने नैतिकताको आम विषय हो ।
  • भइरहेका सेवा सुविधामा कटौती गर्नुपूर्व बृहत् अध्ययन गर्ने, पर्याप्त जनशक्ति आपूर्तिमा समर्थन नगर्ने संस्कार परिमार्जन गर्ने, अतिरिक्त कामका लागि अतिरिक्त भुक्तानी गर्न नहिच्किचाउने, बौद्धिक ज्ञान सीपको आदान–प्रदानमा प्रत्यक्ष एवं परोक्ष रूपमा समेत हतोत्साहनको नीति नलिने जस्ता कार्यले सार्वजनिक प्रशासनको साख बढाउन मद्दत पुग्छ ।
  • सार्वजनिक प्रशासनको साख नउठेसम्म यसभित्रका कर्मचारीतन्त्रको मनोबल उच्च हुन सक्ने अवस्था रहँदैन ।
  • नागरिकले तिरेको करको प्रत्येक अंशप्रति जवाफदेही बन्नुपर्ने कर्मचारीतन्त्रलाई कारबाहीको त्रास देखाएर मात्र काममा प्रभावकारिता ल्याउन सकिन्न । कर्मचारीलाई सामान्य अवस्थामा नसिहत दिन सकिने एवं सो नसिहत हुने अवस्थाको पुनरावृत्ति भएमा नोकरीबाट बिदा गर्न सकिने प्रावधानका पक्षमा देखिएका विचारले दीर्घकालीन रूपमा कर्मचारीतन्त्रको हित गर्दैन । कर्मचारीको सेवाको सुरक्षा नभएसम्म ढुक्कसँग काम गर्न सक्ने अवस्था हुँदैन ।
  • कर्मचारीतन्त्रलाई सुविधा कटौती गरी जिम्मेवारी मात्र थप्दै जाँदा सही रूपमा उसको क्षमताको प्रदर्शन नहुन सक्छ ।

No comments:

Post a Comment