अर्ती र उदाहरण त्यसैले समानजस्ता तर अत्यन्त भिन्न र यदाकदा विपरीतार्थ परिवेश हुन् । यस्तै अर्ती र उदाहरणको विपरीतार्थ संरचना भएको छ गरिबी निवारण कोष । यसको केन्द्रीय कार्यालयको रजगज, मुखियाली सानसौकात, जिम्मुवाली हैकममा भ्रष्टाचारको उचाइ र गहिराइ देखिन्छ ।
वास्तविक गरिबलाई तीन हजार रुपियाँको पाठापाठी वा एक हजार रुपियाँका कुखुराका चल्ला वितरण गर्न यो कोषले औसतमा एक लाख रुपियाँ प्रशासनिक खर्च गरेको अनुमान गर्न सकिन्छ । दुई रुपियाँको मुर्गी (कुखुरा) लाई १० रुपियाँको मसला वितरण गर्ने अनावश्यक गलगाँड भएको देखिन्छ कोष ।
अर्कातिर छ, गरिब घर परिवार पहिचान र प्रमाणपत्र वितरण गर्न बनेको गरिब घर परिवार सहयोग समन्वय बोर्ड । बोर्डको अवैज्ञानिक र अपारदर्शी कामकारबाहीले अहिले कस्ता परिवार गरिब हुन् भनेर परिभाषा दिन समस्या भएको छ ।
अर्को विडम्बना के छ भने, बोर्डले गरिब भनेका माथि कोषले लगानी गर्नुपर्ने समन्वयात्मक व्यवस्था गरिएको छैन न त समितिमा बोर्डको प्रतिनिधित्व छ। यस्ता कमीकमजोरीले गरिब तथा गरिबीको पहिचान गरी उपचारात्मक कार्य गर्नुपर्ने निकायमा देखिएको दोहोरोपन, अस्पष्टता तथा भ्रष्टाचारले गरिबी निवारणका लागि नेपालले गर्ने प्रयासलाई फितलोमात्र नबनाई अविश्वसनीय पनि बनाएकाले यस्ता अनुभवमार्फत आगामी दिनको कार्यभार निर्धारण गर्नु आवश्यक छ ।
No comments:
Post a Comment