- संस्थागत उद्देश्य प्राप्तिका लागि संगठनको सिद्धान्त र यसको व्यावहारिक प्रयोगको आवश्यकता रहन्छ । वास्तवमा यसले संगठन संरचना, कार्य सम्पादन स्तर, समूह र समूहमा आबद्ध व्यक्तिहरूको व्यवहारको अध्ययन गरेको हुन्छ । यसले लक्ष्य प्राप्ति, कार्यरत समूहको मनोवैज्ञानिक पक्ष, प्रविधि तथा एकीकृत कार्य व्यवस्थाबीच अन्तरसम्बन्ध स्थापित गर्न खोजेको हुन्छ ।
- संगठनलाई सामाजिक संरचनाका रूपमा प्रस्तुत गर्ने गरिन्छ र यसले अधिकारको शृङ्खला, श्रम विभाजन तथा औपचारिक प्रक्रिया र नियममा विश्वास गर्छ । संगठनको आकार ठूलो हुँदा कार्यप्राणाली र औपचारिकता बढी जटिल हुनुका साथै विभागीय संरचना र स्वरूप पनि विस्तारित हुन पुग्छ । नतिजाउन्मुख नभई प्रक्रियाउन्मुख हुने सम्भावना पनि ठूलो आकारको संगठनमा नै अधिक हुन्छ । यसलाई नै व्यवस्थापनविद्हरूले ब्युरोक्रेसीको संज्ञा दिने गर्छन् ।
- संस्थागत उद्देश्य हासिल गर्ने क्रममा यावत् पक्षहरूको उचित संयोजन र समन्वयको कार्य नै संगठन प्रणाली हो ।
- सामान्य अर्थमा व्यवस्थापन भन्नु नै योजना, संगठन, निर्देशन, समन्वय र नियन्त्रण गर्ने पद्धति हो । उद्देश्य प्राप्तिका लागि परिचालन गर्ने पद्धति हो । उद्देश्य प्राप्तिका लागि परिचालन गरिने विभिन्न साधनहरूमध्ये मानव संसाधनलाई अर्थपूर्ण रूपमा लिइएको हुन्छ । अन्य संसाधन, यसको आकार र संरचनामा निर्भर गर्ने हुँदा संस्थामा दक्ष जनशक्तिको आवश्यकता सँधै नै रहिरहन्छ । संस्थालाई निश्चित गति प्रदान गर्ने उच्च व्यवस्थापकको अहम् भूमिका रहन्छ । मानव संसाधन व्यवस्थापनलाई समग्र संगठन तथा व्यवस्थापनको एउटा अभिन्न अंगका रूपमा लिने गरिन्छ ।
- परिवर्तनले विद्यमान कार्यप्रणाली तथा कार्यविधिमा परिवर्तन गरी संगठनात्मक सुधार गर्नुलाई बुझाउँछ ।
- आन्तरिक वा बाह्य कारणबाट सिर्जित कुनै एउटा समस्या वा अवसरको अवस्थालाई सकरात्मक प्रक्रियाका रूपमा सम्बोधन गरिनु नै परिवर्तन हो र यसरी गरिएको सम्बोधनबाट वञ्छित नतिजा हासिल गर्नु यसको व्यवस्थापन हो ।
- परिवर्तनका लागि यसको योजना बनाउने, व्यवस्थापन गर्ने तथा परिवर्तनलाई स्थापित गर्ने र कार्यरत कर्मचारी वर्गमा सहज अनुभूत गराउने प्रमुख जिम्मेवारी संस्थाको उच्च व्यवस्थापन र कार्यकारी तहमा रहेको हुन्छ । परिवर्तनको सफलता तथा प्रभावकारिता उच्च व्यवस्थापनको प्रतिबद्धता, स्पष्ट र सबैले ग्रहण गर्न सक्ने दूरदृष्टि वा लक्ष्य, आवश्यक साधन र क्षमता एवम् यस सम्बन्धी कार्य–योजनामा निर्भर गर्छ ।
- परिवर्तनको व्यवस्थापन एउटा प्रक्रिया हो, जुन आन्तरिक वा बाह्य कारण वा समस्याबाट सुरु भई संगठनभित्र एउटा नयाँ रणनीतिको कार्यान्वयन हुन गई उक्त प्रक्रियाको अन्त्य हुन पुग्छ ।
- स्वाभाविक र नियोजित गरी परिवर्तनका दुईवटा स्रोतका बारेमा चर्चा गर्ने गरिन्छ । कानुनी संरचना, सामाजिक मूल्य–मान्यता तथा प्रतिस्पर्धाको अवस्थाजस्ता बाह्य वातावरणमा आधारित भई स्वाभाविक रूपमा गर्नैपर्ने प्रकृतिको परिवर्तनलाई पहिलो वर्गमा लिइन्छ । अर्थात् परिवर्तित वातावरणमा समायोजित हुन नसक्दा संगठनको निरन्तरतामाथि नै प्रश्नचिह्न खडा हुने अवस्था पनि रहन्छ र यसमा व्यवस्थापकीय नियन्त्रणको मात्रा भने न्यून हुन्छ । पूर्वानुमानका आधारमा नियोजित एवम् व्यवस्थित ढंगमा गरिने परिवर्तन नियोजित परिवर्तन हो र यसका संवाहक आन्तरिक तथा बाह्य दुवै हुन सक्छन् ।
- संगठनभित्र कार्यरत कर्मचारी वर्गको सामुहिक कार्यसम्पादन स्तर सुधार गर्दै सम्बद्ध सरोकारवाला सबैसँग कार्यगत भावना जगाउनु अर्को परिवर्तनलाई दिगो बनाउने अस्त्र हो ।
- द्वन्द्व व्यवस्थापनको एउटा उपाय सहभागितामूलक व्यवस्थापन पनि हो । निर्णय प्रक्रियामा विभिन्न तहको यथोचित प्रतिनिधित्व गराउने परिपाटी नै सहभागितामूलक व्यवस्थापन हो ।
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Thursday, November 8
संगठनमा परिवर्तन व्यवस्थापन-मुक्तिराम सुवेदी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment