Monday, September 21

अकर्मण्य हाकिमलाई तीनवटा खाम-काशीराज आचार्य

प्रशासनिक तथा व्यवस्थापन क्षेत्रमा हुने असफलता एवं कमजोरीलाई उजागर गर्न डेभिड भेलान्टे तथा सुसेन स्किनरले एउटा कथा तयार गरेका छन् । यस कथाले हाम्रोजस्तो देशको सिंगो राष्ट्रिय राजनीति र प्रशासनलाई इंगित गरेको बुझ्न सकिन्छ । यो कथा परम्परागत शैलीको एउटा अक्षम नेतृत्व र संगठनलाई लक्षित गरी बनाइएको हो ।  

कथाअनुसार, भर्खर कामबाट हटाइएको वा सरुवा गरिएको हाकिम र नयाँ आएको हाकिमबीच बरबुझारथ हुन्छ । नयाँ हाकिमले साबिक हाकिमलाई आफ्नो कार्यकालमा भए÷गरेका कार्य सम्पादनको तरिका आफूलाई पनि सिकाउन अनुरोध गर्छ । साबिक हाकिमले आफू जाँदाजाँदै नयाँ हाकिमलाई तीनवटा खाम हस्तान्तरण गर्दै भन्छ, ‘जब तपाईंलाई कार्य सम्पादनमा मुस्किलको घडी आउँछ, त्यतिबेला पालैपालो यी खाम खोल्नुहोला ।’ यति भनेर ऊ बिदा हुन्छ ।  

नयाँ हाकिमले काम गर्न थालेको लगभग एक वर्ष पुग्न थाल्छ । उसलाई समस्याले च्याप्दै ल्याएको छ । चाहेजस्तो सेवा प्रवाह हुन सकेको छैन । बाहिरफेर हाकिमका विरुद्ध आवाज उठ्न थाल्छन्, नाराबाजी सुनिन थाल्छ ।  तनावमा रहेको हाकिमलाई झ्वाट्ट पुरानो हाकिमले दिएका खामको सम्झना आउँछ । उसले पहिलो नम्बरको खाम झिक्छ र अरु खाम यथावत राख्छ ।

पहिलो खाम

यस खामभित्रको कागजमा लेखिएको थियो, ‘निवर्तमान हाकिमलाई दोष लगाऊ  ।’

पहिलो खाम पढेपछि उसलाई ज्ञान खुल्छ– जति पनि काम सम्पन्न हुन सकेको छैन, पुरानो हाकिमको कारणले नै हो । उसका लागि पहिलो खाम मन्त्रसरह भयो । आफूले गर्न नसकेका कामको अपजस पुरानोलाई दिँदै जान्छ । ग्राहक पनि ‘हो त !’ भन्ने भ्रममा पर्छन् । पहिलो खामले केही समय धान्यो ।  

परिस्थिति सधैँ उस्तै रहँदैन । लामो समय जनता, ग्राहकलाई बेवकुफ बनाउन गाह्रो पर्छ । हाकिमको निकम्मापन बिस्तारै सार्वजनिक हुँदै जान्छ । ऊ अप्ठेरोमा पर्दै जान्छ । यत्तिकैमा उसको कार्य अवधिको एकतिहाई समय सकियो । तर, जनता उसको कामबाट सन्तुष्ट भएनन् । उसलाई छटपटी हुन थाल्यो ।  अब भने ऊ दोस्रो नम्बरको खाम खोल्न बाध्य हुन्छ ।  

 दोस्रो खाम

जसमा लेखिएको थियो– ‘संगठनलाई पुनर्गठन गर ।’ बस्, अब के चाहियो ? उसले ठान्यो– अहो, यो त झनै रामवाण होला जस्तो छ ।  उसले शाखा, प्रशाखा, फाँट, एकाई भताभुंग बनायो र पुनर्संरचना ग¥यो । कर्मचारीलाई यताको उता, उताको यता पा¥यो । फाँट, शाखाहरूको नाम पनि नयाँनयाँ दियो । केही मान्छे करारमा राख्यो । दश–आठ महिना उसले ‘मैले अब आमूल परिवर्तन गर्न खोज्दै छु’ भनेजसरी जनतालाई तरंगित पा¥यो ।  

यस्तैमा दिनहरू अलमलिँदै गए । परिवर्तनको कुनै गुञ्जायस देखिएन । नराम्रा आक्षेप र आलोचना यत्रतत्र फैलिए । ‘यो पनि उही ड्याङको मूला रहेछ’ भन्ने टिप्पणी जनताबाट आउन थाल्यो । ऊ अब आफ्नो कार्यकालको अन्तिम उत्तराद्र्धमा छ । समय काट्न पनि धौ–धौ भइसक्यो । ऊ हतास हुन थाल्यो । पहिलेका खामले अलिअलि टिकाउने काम गरेकै हुन् भन्ने भान उसलाई परेको थियो । अब केही नलागेर अन्तिम खाम खोल्न ऊ बाध्य भयो ।  

तेस्रो खाम

ठूलो उत्सुकतावश उसले तेस्रो नम्बरको खाम खोल्यो, जसमा लेखिएको थियो– ‘अब नयाँ आउने हाकिमका लागि तीनवटा खाम तयार गर ।’  यस्तो विस्मयकारी वाक्य देखेर आश्चर्य र निन्याउरो मुस्कान तरंगित भए उसको अनुहारमा । बाफ रे ! 

https://nagariknews.nagariknetwork.com/opinion/248081-1592635915.html?click_from=category

No comments:

Post a Comment