Monday, September 21

नेपाल कसले चलाउँछ ?-भैरव रिसाल

  • जब २०४६ सालमा बहुदलीय शासन पद्धति पुनस्र्थापना भयो तब बिस्तारै एउटा शक्ति खडा भयो। कानुन÷नियमअनुसार भुट्टिभाङ केही अधिकार छैन तर मन्त्रीहरूलाई नचाउन सक्ने भए। चुनाव खर्चिलो भयो, निर्वाचन जित्न धेरै पैसा चाहने भयो। पञ्चायत शासनमा दरवारसम्म घूस खुवाउनेहरू सचिवसम्मकहाँ पनि सोझै आफैँ पुग्थे। आफैँ मिलाउँथे।
  • २०४९ सालतिर प्रधानमन्त्री गिरिजाबाबुलाई केही लाख रुपियाँ चाहिएछ। त्यतिबेलाका निर्माण यातायात मन्त्री खुमबहादुर खडकासँग पैसो चाहियो भनेछन्। खडका घूस खाँदैन थिए रे त्यो  बेलासम्म। खुमबहादुर अफिसमा असाधारण व्यवहार गर्ने, उदासीन हुने देखेपछि सचिवले सोधे रे– ‘मन्त्रिज्यूलाई आराम भएन कि ?’ तब खडकाले भने रे– प्रधानमन्त्रीज्यूले रुपियाँ माग्नुभएको छ। मसँग त्यत्रो पैसा छैन। के गर्ने भनेछन्। सचिवले त्यति रकम भोलि बिहानसम्म जुटाउँला चिन्ता नगरौँ भनेछन्। त्यसपछि बल्ल खुमबहादुरले पैसा खान सिकेका रे। पैसो हो, खाने बानी लागेपछि रोकिन कठिन।
  • सडक विभागका एक जना चिफ इन्जिनियर प्रत्येक दिन २०३४–२०३८ सालतिर हजार, पन्ध्र सय रुपियाँ लगेर श्रीमतीलाई बुझाएनन् भने श्रीमती आगो हुने रे। उनीहरू पूरापुर सम्पन्न परिवारका। 
  • शेरबहादुर देउवाको काग्रेसको सरकारले सांसद र प्रथम श्रेणीसम्मका कर्मचारीलाई भन्सार छूटको गाडी किन्न सुविधा दियो, धेरै सांसदले मोटर किने। नेमकिपा सांसद र अन्य केही सांसदले भने त्यो सुविधा लिएनन्। धेरै सांसदले ११ देखि १२, १३ लाख रुपियाँसम्म नाफा गरी गाडी बेचे। हिरण्यलाल लेख्छन्– श्रीमतीलाई महँगा साडी, गहना उपहार ल्याइदिने, छोराछोरीलाई सित्तैमा पढाइदिने र चुनाव खर्च दिने बिचौलियाको पासोमा एकपल्ट परेको नेता कहिल्यै उम्कन सक्तैन।
  • https://nagariknews.nagariknetwork.com/opinion/307831-1597555782.html?click_from=category

No comments:

Post a Comment