- राजगुरु कुलराज पाण्डेलगायतले सैनिकको तलव घटाउन तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई सल्लाह दिएपछि सैनिकहरूले घरमा हमला गरेर राजगुरु पाण्डेलाई लछारपछार गरेको इतिहासकारहरूले लेखेका छन्।
- उकुसमुकुस भएपछि मानिसले मृत्युको पर्वाह नगरी विद्रोह गर्छ। त्यसका लागि चाहिन्छ– अठोट, इमान, साहस र विवेक। तर राजनीतिक विद्रोह र सैनिक विद्रोह अरूका काँधमा चढेर सभव छैन।
- स्वदेशको अहित गर्ने र शत्रुसँग मिलेर काम गर्ने तथा राजा, राष्ट्र र सरकारमा विकार फैलाउनेलाई तत्काल मार्नुपर्छ भनिएको छ शास्त्रमा। शुक्राचार्यले राजा पनि राष्ट्रहितविरुद्ध अधर्ममा हिँड्छन् भने शास्त्रअनुसार दण्डका भागीदार हुन्छन् भनेका छन्। प्राचीन ग्रन्थमा धर्मको स्पष्ट अर्थ ‘कर्तव्य’ भनिएको छ। सबैले कर्तव्यपालन गर्नुपर्छ भन्ने शास्त्रको मत पाइन्छ। त्यसैले नूतन वा पुरातनभन्दा हजारौँ साल पहिले बनाइएको कर्तव्यशास्त्रलाई ‘सनातन धर्म’ भनेर सम्मान गरियो।
- आजका कतिपय शठप्राणीले राष्ट्र पनि कर्तव्यबाट तटस्थ बस्नुपर्छ भन्दै ‘धर्म निरपेक्ष’ शब्द प्रयोग गरेका छन्। राष्ट्र जब कर्तव्यनिरपेक्ष (धर्म निरपेक्ष) हुन्छ तब पतन निश्चित छ।
- राजनीतिशास्त्र र कानुनले ‘डि फ्याक्टो’ वा सर्वाधिकार गुमाएर अरूको बुई चढ्ने शासकले राष्ट्र कमजोर पार्छन् भनेको छ। संविधान, कानुन, झण्डा, राष्ट्रिय गान स्वदेशको तर राजनीतिक निर्णय विदेशको हुन्छ ‘डि–जुरे’ शासनमा। कठपुतली सरकार (पपेट गभन्र्मेन्ट) मार्फत चलाइन्छ त्यस्तो सरकार।
- असफल राष्ट्र, क्लाइन्ट स्टेट, सुजेरेन्टी (उपराज्य), स्याटेलाइट स्टेट आदिका लक्षणहरू बारम्बार देखिएको छ नेपालमा। त्यसैले राष्ट्रिय स्वतन्त्रता कहिलेसम्म सुरक्षित होला भन्ने चिन्ता बढेकोे छ। युवा बेरोजगारी, महँगी, चरम भ्रष्टाचार, बेथिति, असफल कूटनीति, फितलो राष्ट्रिय सुरक्षा, राष्ट्र सञ्चालकहरूको सन्दिग्ध चरित्र, जनतामा बढेको निराशा र अनिश्चित भविष्यको भयले जनता बेचैन छन्। धनी गरीबबीच अन्तराल झन बढ्दैछ। यस्तो अवस्थामा अराजकता र विद्रोहको दावानल फैलिने सम्भावना सदैव रहिरहन्छ।
- नेता उत्पादन गर्ने खेत भनेका जनता हुन्। तसर्थ ‘जनताको स्तर जस्तो हुन्छ, नेता त्यस्तै हुन्छन्’ भनेका होलान् जवाहरलाल नेहरूले। साधारण जनताको सहयोग लिएर राष्ट्रका लागि असाधारण योगदान गर्ने व्यक्तिलाई योग्य नायक मानिन्छ।
- दुर्भाग्यको कुरा, प्राचीन राष्ट्र नेपाललाई हामीभन्दा धेरै कान्छा राष्ट्रले ‘डेमोक्रेसी’ पढाउन थालेका छन्।
- हाभारतमा शासक नास्तिक बन्नु हुँदैन भनिएको छ। राष्ट्र भनेको कालापानी–लिम्पियाधुरा मात्र होइन, धर्म–संस्कृतिको कुरा पनि हो। कतिपय मुलुकमा इतिहास, संस्कृति, धर्म, परम्परा र मूल्य÷मान्यता बिर्सिएर भौतिक समृद्धिलाई मात्र महत्व दिँदा अनर्थ भएको देखिन्छ।
- https://nagariknews.nagariknetwork.com/opinion/291441-1596170786.html?click_from=category
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Monday, September 21
बुई चढ्नेको शासन-युवराज गौतम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment