Monday, September 21

प्रजातन्त्रमाथि राष्ट्रवादको छाया-विनोद न्यौपाने

के हो राष्ट्रवाद ?     

आफ्नो राज्यप्रति निष्ठाको भावना हुनु राष्ट्रवाद हो। राष्ट्रवाद राष्ट्रको प्राण हो, मुलुकप्रति स्वतस्फूर्त रूपमा आउने मनोभावना पनि हो। यो पढ्ने वा पढाइने विषयबाट प्रेरित हुँदैन। नागरिकले राष्ट्रका नाममा संगठित हुने समान राजनीतिक अधिकार नपाएसम्म राष्ट्रवाद स्थापना भएको मानिन्न। भावी पिढीलाई पनि नेपाली भएरै बस्न सक्ने अवसर प्रदान गर्न पनि अहिलेको पुस्ताले राष्ट्रवाद बलियो बनाउनुपर्छ।

विद्वान् बेनेडिक्ट एन्डरसन आफ्नो पुस्तक ‘इम्याजिन्ड कम्युनिटिज’ मा राष्ट्रवाद भनेको काल्पनिक समुदायप्रतिको सहभावना र प्रेम हो भन्छन्। राष्ट्रवाद कसैले कसैलाई पढाउने वा पढ्ने विषय नभई कल्पनाको संसारमा स्वतस्फूर्त आउने वस्तु हो। तर यहाँ आफ्ना कमजोरी लुकाउने अस्त्रका रूपमा राष्ट्रवादको परिभाषा गरिन्छ। अहिले संसारको प्रचलनमा दुई प्रकारका राष्ट्रवाद देखिएका छन्। सिभिक्स नेसनालिज्म (नागरिक राष्ट्रवाद) र राज्यप्रवर्धित राष्ट्रवाद।

नागरिक राष्ट्रवाद

नागरिक राष्ट्रवाद भनेको नागरिकले राष्ट्रप्रति स्वतस्फूर्त रूपमा देखाउँदै आएको आत्मीय भावना र प्रेम हो। यस्तो खालको राष्ट्रवादले हामी एक हौं भनी समुदायका सदस्य मिलेर अघि बढ्ने सन्देश दिन्छ। प्रजातान्त्रिक मूल्यमान्यताको अनुसरण यो राष्ट्रवादभित्र पर्छ। दार्शनिक जिन ज्याक रूसोको परिभाषा पनि यस्तै खालको छ। यसभित्र नागरिक शासन, समावेशी शासन व्यवस्था, नियन्त्रण र सन्तुलनको सिद्धान्त, स्वतन्त्र प्रेस र न्यायपालिका पर्छन्। नेपालको इतिहासमा आजसम्म बीपी कोइराला मात्र यो राष्ट्रवादको पक्षधर देखिन्छन्। उनी राजनीतिक करियरलाई दाउमा राखेर भए पनि राष्ट्रवाद र प्रजातन्त्रको रक्षासहित नागरिकप्रति उत्तरदायी हुन्थे। उनको मेलमिलापको नीति यसैको परिणाम थियो।

राज्यप्रवर्धित राष्ट्रवाद

राज्यले प्रवर्धन गर्ने राष्ट्रवादलाई राज्यप्रवर्धित राष्ट्रवाद भनिन्छ। शासकले आफूअनुकूलको शासन सञ्चालन गर्न र सबैलाई तदनुकूल हिँडाउन यस्तो राष्ट्रवाद प्रयोगमा ल्याउन चाहन्छन्। भारतमा पाकिस्तानको विरोध गर्नेहरू सच्चा राष्ट्रवादीको परिभाषाभित्र पर्छन्। पाकिस्तान पनि भारतविरोधीलाई राष्ट्रवादी मान्छ। नेपालमा पनि महेन्द्रीय राष्ट्रवादको अभ्यास भएकै हो। उनको कार्यकालमा भारतको विरोध गर्नेहरू यो राष्ट्रवादको परिभाषाभित्र पर्थे। महेन्द्रको यो कलाले अहिलेको सत्तालाई पनि आकर्षित गरेको छ। नेपालमा अहिलेको ‘कम्युनिस्ट’ शासक वर्ग भारतको विरोध गर्नेहरूलाई मात्र राष्ट्रवादी मान्छ।

प्रजातन्त्र भन्नेबित्तिकै नागरिकको अर्थपूर्ण र वास्तविक सहभागिता भन्ने बुझिन्छ।

अमत्र्य सेनले प्रजातन्त्र भनेको स्वतन्त्रता हो भनेका छन्। प्रजातन्त्रको सुनिश्चितता स्थायी रूपमा गर्नुपर्छ÷हुनुपर्छ भन्ने उनको मान्यता छ। विद्वान् आइरिस योङ प्रजातन्त्र भनेको समावेशीकरण हो भन्छिन्। देशको नागरिकले दलको सदस्य भए पनि नभए पनि नीतिनिर्माण प्रक्रियामा सहभागिता पाउनुपर्छ। नेपालमा आइरिसको परिभाषाको ठीक विपरीत हुन्छ। दलको सदस्य भएन भने नीतिनिर्माण तहमा मात्र होइन, नागरिककै परिभाषाभित्र पर्दैन। नीतिनिर्माण तहमा दलको सदस्य नभएको व्यक्ति छैन।

http://annapurnapost.com/news/165495

No comments:

Post a Comment